शान्ति नेपाली समाज बेलायतको आयोजनामा दशैं ,तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न !! फोटोफिचर र भिडियो हाइलाइट सहित !!

शान्ति नेपाली समाज ,बेलायत ले विजया दशमी तथा सुभ दिपावली २०७३ को अवसर पारेर बिसेष सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ| सस्था का वर्तमान अध्यक्ष एबम कायक्रमका सभापति श्री कृष्ण ढकाल र लोक प्रिय कलाकार एबम कार्यक्रमका प्रमुख अतिथि श्री सुर्य खड्का ज्यू ले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा १ मिनेट को मौन धारण गरि स्थनिया कलाकारहरुको स्वागत गीत र राष्ट्रिय गान पछि कार्यक्रम को सुरुवात गरिएको थियो | सस्थाका सक्रिय सदस्य भुपेन्द्र पाठक ले कार्यक्रम संचालन गरेका थिए भने सस्थाका सचिब शंकर भण्डारी ले सुभकामना मन्तब्य दिएका थिए | ४०० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा लोकप्रिय कलाकार सुर्य खड्का ,कल्पना श्रीपाल का साथै गैर आबासीय नेपाली संघ यू.के का सचिब श्री फडिन्द्र भट्टराई ,गुल्मी जिल्ला समाज यू.के का सदस्य एबम सृजनसिल लेस्टर का महासचिव श्री बरुण भण्डारी , शान्ति नेपाली समाज बेलायतका निबर्तमान अध्यक्ष श्री काशिनाथ शर्मा , बिश्व साइकल यात्री श्री लोक बन्धु कार्की लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि को उपस्थिति रहेको थियो |

कार्यक्रममा लोकप्रिय कलाकार सुर्य खड्का र कल्पना श्रीपाल ले दर्शकहरु लाइ भरपुर मोनोरंजन गराएका थिए भने मनकामना महिलासमुह को देउसीभैलो र स्थानिय कलाकारहरु जानकी गैरे ,अशोक भट्टराई ,सनुजा सापकोटा ,निशान भण्डारी ,योजना पाण्डे ,अनुस्का पाठक ,इबा मैनाली ,इना मैनाली ,प्रबिण खरेल ,कुशल खरेल ,चंचल पन्थी ,समिर सापकोटा ,मुना सापकोटा,बिनोद थापा ,दिव्या खरेल ,रंजिला सहनी ,सगर सापकोटा मनिषा सापकोटा ,प्रकाश बिस्ट ,तल्लिमा ,निशा ,बिबेक ,सरिता लगायतका कलाकारहरुले विभिन्न नेपाली परम्परा झल्काउने खालका पोशाकमा दर्शकहरुलाई भरपुर मनोरंजन गराएका थिए | कार्यक्रममा विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधि ,बुध्दिजीबी ,लगायत नेपाल देखि आउनुभएका बुवा आमा हरुलाई अतिथि को अशान ग्रहण गराईएको थियो | आ- आफ्नो मन्तब्य को क्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सम्पूर्ण उपस्थित बुवा आमा ,दिदीबहिनी तथा दाजुभाई हरुलाई दशैं तिहार को सुभकामना दिएका थिए साथै समाजले धेरै लोकप्रिय काम गर्न सफल भएको र भविष्यमा पनि यस्तै राम्रा कामहरु गर्दै जाओस् भन्ने कामना गरेका थिए |

कार्यक्रममा उपस्थित सम्पूर्ण बुवा आमा ,दिदीबहिनी तथा दाजुभाईहरु बाट सहयोग स्वरूप संकलित रकम बिश्व साइकल यात्री लोक बन्धु कार्कीलाई हस्तारन्तर गरिएको थियो साथै सस्थाका वर्तमान अध्यक्ष श्री कृष्ण ढकाल ज्यू ले मन्तब्यको क्रममा बिगत ४ वर्ष देखि सस्थाका समिति र विभिन्न उप समितिमा रहेर काम गर्नुहुने सम्पूर्ण समाज प्रेमी हरुलाई धन्याबाद दिनु भएको थियो र वर्तमान समिति लाई निबर्तमान समितिको पूर्ण सहयोग ,सुजाब र मार्गदर्शन निरन्तर रहिरहने कुरामा पूर्ण विश्वास रहेको कुरा बताउनु भएको थियो | शान्ति नेपाली समाज को नयाँ सास्कृतिक समिति र सल्लाहकार हरुको घोषणा गरिएको थियो |

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *